२०८२ असार ३, मङ्गलवार , १२:२२:१० बजे

Sajhamanch
'

अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको छ: अर्थमन्त्री महत

मङ्गलवार, पौष १०, २०८०

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको बताएका छन्।

हात्ती तथा पर्यटन महोत्सवको चितवनमा मंगलबार उद्घाटन गर्दै अर्थमन्त्री महतले विभिन्न तथ्यांकहरूले पनि अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको देखाएको बताएका हुन्।

‘तथ्यांकहरू हेर्दा अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको छ। यहाँको हाइड्रो पावर, एग्री बिजनेस, कृषि व्यवसाय, पर्यटन र आइटी सेक्टरले मुलुकको अर्थतन्त्रलाई माथि पुर्‍याउने निश्चित छ,’ उनले भने।

अर्थमन्त्री महतले देशभित्रै केही काम गर्न युवालाई आग्रह गरेका थिए।

नेपालमा केही छैन भन्ने सोचेर बाहिर जाने भन्दा पनि नेपालमा केही गर्न सकिन्छ भन्ने सोच युवाहरुले राखेर अघि बढनुपर्ने उनले बताए।

देशमा धेरै काम गर्न बाँकी रहेकाले अवसर पनि यही रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले सो अवसरलाई उपयोग गर्न उद्यमीहरुलाई आग्रह गरेका थिए।

चितवनको पर्यटन क्षेत्रमा थप आकर्षण थप्नका लागि पूर्व–पश्चिम राजमार्ग ६ लेन र जंगल क्षेत्र ४ लेनको बिस्तार गर्ने कार्यलाई सरकारले तत्काल अघि बढाउने उनले बताए।

उनले निकुञ्जसम्बन्धी ऐन परिमार्जन हुने पनि बताए।

सम्बन्धित खबर