२०८२ असार ३, मङ्गलवार , ०४:१४:२८ बजे

Sajhamanch
'

चार वेदका नेपाली अनुवादक लुइटेलको निधन

मङ्गलवार, पौष १०, २०८०

काठमाडौं । संस्कृत वाङ्मयको महत्त्वपूर्ण कृति ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेदलाई नेपाली भाषामा अनुवाद गर्ने साहित्यकार तिलकप्रसाद लुइटेलको मंगलबार बिहान निधन भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ले सामाजिक सञ्जाल फेसबुकमा अनुवाद साहित्यकार लुइटेलको दुवै मृगौलामा संक्रमण भई त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको उल्लेख गरेका छन् ।

साहित्यकार प्रतीक ढकालले लुइटेलले अनुवाद गरेको ऋग्वेद २०६३ मा प्रकाशित भएको बताए । लुइटेलले २०६३ देखि २०६७ सम्ममा सामवेद, यजुर्वेद र अथर्ववेद समेतको अनुवाद गरेर पुस्तक प्रकाशनमा ल्याइसकेको ढकालले जानकारी दिए ।

सम्बन्धित खबर