काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप ६२८ जनामा कोभिड–१९ पुष्टि भएको छ । जसमा कोडिभ–१९ को सब–भेरियन्ट जेएन। १ का संक्रमित ६३ जना रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
पछिल्लो २४ घण्टामा केरलामा कोभिड–१९ का कारण एकजनाको ज्यान गएको छ ।
एकै दिन ६२८ नयाँ संक्रमित थपिएसँगै भारतमा सक्रिय संक्रमितको संख्या चार हजार ५४ पुगेको छ ।
हालसम्म भारतमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या चार करोड ५० लाख ९ हजार २४८ रहेको छ । संक्रमितमध्ये चार करोड ४४ करोड ७१ हजार ८६० जना निको भइसकेका छन् । मृत्यु हुनेको संख्या पाँच लाख ३३ हजार ३३४ रहेको छ ।