२०८२ असार ३, मङ्गलवार , ०१:२४:५३ बजे

Sajhamanch
'

अवरुद्ध बीपी राजमार्ग सञ्चालन

सोमवार, पौष ९, २०८०

रामेछाप । सवारी दुर्घटनापछि अवरुद्ध बनेको बीपी राजमार्ग सञ्चालनमा आएको छ ।

सिन्धुलीको सुनकोसी गाउँपालिकास्थितमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको थियो ।

दुर्घटनापछि आक्रोशित बनेका स्थानीयले बसमा आगजनी गर्नुका साथै राजमार्ग अवरुद्ध गरेका थिए । अवरुद्ध बनेको राजमार्ग दिउँसो १ बजेदेखि सञ्चालनमा आएको सिन्धुली प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गर्नुका साथै राजमार्ग अवरुद्ध गरेका थिए ।

आज बिहान रामेछापको मन्थलीबाट काठमाडौंजाँदै गरेको वाग्मती प्रदेश ०१–००६ ख ४५९३ नं को अरनिको यातायात सेवा प्रालिको बसले काठमाडौंबाट खुर्कोट जाँदै गरेको बा६०प ३५४५ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका– १०, रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनस्थलमै मृत्यु भएको थियो , मोटरसाइकल चालक खोटाङको तुवाचुङ नगरपालिका–२ का कुमार राईको पनि उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

सम्बन्धित खबर