काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति चयनका लागि आज भएको मतदान कार्य सकिएको छ।
दिउँसो २ बजेदेखि सुरु भएको मतदान बेलुकी ७ः५५ बजे सकिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा २ हजार २४९ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।
निर्वाचनमा परितोष पौड्याल र चन्द्रप्रसाद ढकालले राजनीतिक आस्थाका आधारमा प्यानल नै बनाएर सबै पदमा प्रतिष्पर्धा गरेका छन् । कसले बाजी मार्ने हो, सो का लागि अन्तिम मत परिणाम पर्खनै पर्नेछ । तर विद्युतीय मतदान भएकाले निर्वाचनको परिणाम छिट्टै आउने सर्वत्र अपेक्षा गरिएको छ ।