२०८१ माघ १६, बुधवार , ०२:५८:५८ बजे

Sajhamanch
'

नेफ्स्कूनको निर्वाचनमा पौड्याल र ढकाल प्यानल प्रतिष्पर्धामा, डिजिटल प्रविधिमा आधारित मतदान

आइतवार, पौष ८, २०८०

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनको ३२औं वार्षिक साधारणसभा अन्तरगत नयाँ नेतृत्व चयनका लागि अहिले प्रज्ञा भवन कमलादीमा मतदान जारी रहेको छ ।

हिजो शनिवार उद्घाटन भएको सो साधारणसभाले १९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचनमा करिब २६०० हाराहारी मतदाता रहेको बताइएको छ ।

परिताेष पौड्याल र चन्द्रप्रसाद ढकालले नेतृत्व गरेका दुईवटा अलग प्यानलका उम्मेदवारलाई मतदान गर्न र मत माग्न हजारौंको संख्यामा सहकारीकर्मी प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा भेला भएका छन् ।

निर्वाचनमा नेकपा एमाले निकटका सहकारीकर्मीको प्यानलबाट अध्यक्षमा परिताेष पौड्याल, वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी, महिला उपाध्यक्षमा शान्ति अधिकारी, महासचिवमा घनश्याम अधिकारी र काेषाध्यक्षमा जिवसराज खड्का उम्मेदवार बनेका छन् ।

महिला खुला सञ्चालक पदमा सीता ढकाल पौडेल, मन्दरा मिश्र र कमलादेवी गिरी उम्मेदवार छन् । यस्तै प्रदेश काेटाबाट सञ्चालक सदस्यमा कोसीबाट लक्ष्मी सापकोटा, मधेसप्रदेशबाट शोभाकुमारी राउत, बागमती प्रदेशबाट खेमराज सुवेदी र गण्डकी प्रदेशबाट गोपालप्रसाद गौतम चुनावी मैदानमा उत्रिएका छन् ।

यसैगरी लुम्बिनी प्रदेशबाट ग्यानु पौड्याल, कर्णाली प्रदेशबाट महेन्द्रप्रसाद शर्मा र सुदुरपश्चिमबाट दिप्ती शाही  प्रदेश काेटाबाट सञ्चालक सदस्यमा उम्मेदवार छन् ।

यस्तै खुल्ला सञ्चालक सदस्य पदमा हरेराम प्रसाद, सुशीलकुमार बस्नेत, नानीकाजी शाक्य र शालिकराम ढकाल उम्मेदवार बनेका छन् ।

नेफ्स्कूनको लेखा सुपरीवेक्षण समिति संयोजकमा माधव जोशी र सदस्यहरु हेमराज बिष्ट र दुर्गा तिवारी सञ्जेल परितोष समूहबाट उम्मेदवार बनेका छन् ।

साझा समावेशी समूह निर्माण गरेका  ढकाल प्यानलबाट अध्यक्षमा चन्द्रप्रसाद ढकाललाई उम्मेदवार बनाइएको छ । सो प्यानलबाट वरिष्ठ उपाध्यक्षमा देवकी नेपाल, महिला उपाध्यक्षमा गोमा नेपाल सापकोटा, महासचिवमा संदीप सापकोटा र काेषाध्यक्षमा दिपक थापा उम्मेदवार बनेका छन् ।

महिला खुला सञ्चालक पदमा अमरावती बलामी महर्जन, राधा कडरिया र विद्या कोइराला उम्मेदवार छन् । यस्तै प्रदेश काेटाबाट सञ्चालक सदस्यमा कोसीबाट ताराप्रसाद भट्टराई, मधेसप्रदेशबाट गंगाकुमारी बलम्पाकी, बागमती प्रदेशबाट शम्भुप्रसाद घिमिरे र गण्डकी प्रदेशबाट रामजी कडेल चुनावी मैदानमा उत्रिएका छन् ।

यसैगरी लुम्बिनी प्रदेशबाट नवराज न्यौपाने, कर्णाली प्रदेशबाट वीरबहादुर राउत भोटे र सुदुरपश्चिमबाट ईश्वरी जोशी प्रदेश काेटाबाट सञ्चालक सदस्यमा उम्मेदवार छन् ।

यस्तै खुल्ला सञ्चालक सदस्य पदमा देवकुमार श्रेष्ठ, योगेश ढकाल, नवराज अर्याल र रामशरण घिमिरे उम्मेदवार बनेका छन् ।

नेफ्स्कूनको लेखा सुपरीवेक्षण समिति संयोजकमा ईन्द्रराज ज्योति पौडेल र सदस्यहरु शुभद्रा नेपाल र सतेन्द्रप्रसाद ठाकुर ढकाल समूहबाट उम्मेदवार बनेका छन् ।

डिजिटल प्रविधिमा आधारित चुनावमा यो समाचार तयार गरिरहँदा आधाउधि मतदान भइसकेको थाहा भएको छ ।

सम्बन्धित खबर