![](https://sajhamanch.com/wp-content/uploads/2023/12/gaja-1701413390.jpg)
इजरायलले हमास र इस्लामिक जिहाद सङ्गठनका २ सय सदस्यलाई पक्राउ गरी सोधपुछका लागि इजरायल ल्याएको दाबी गरेको छ । इजरायलका अनुसार उनीहरुले केही समय नागरिकमाझ लुकेर बसेका भए पनि अहिले स्वेच्छाले आत्मसमर्पण गरेका हुन् ।इजरायलले एक विज्ञप्ति जारी गर्दै हमासलाई हटाउने उद्देश्यले गाजामा हमला गरेदेखि अहिलेसम्म सात सय प्यालेस्टिनी अतिवादीलाई पक्राउ गरिसकेको जनाएको बीबीसीले जनाएको छ ।
गएको अक्टोबर ७ मा इजरायलमा हमास लडाकुले गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो भने दुई सय ४० जनालाई बन्धक बनाइएको थियो । यसपछि इजरायलले गाजामा आक्रामक सैन्य अभियान शुरु गरेको हो ।हमासको मातहतमा काम गर्ने गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा अहिलेसम्म २० हजार मानिस मारिएको र झण्डै ५० हजार घाइते भएको जनाएको छ ।