२०८१ पौष १३, शनिवार , ०५:०८:४८ बजे

Sajhamanch
'

चीनमा ३४ हजार अनलाइन खाता बन्द : ६ हजारभन्दा धेरै व्यक्ति कारबाहीमा

शनिवार, पौष ७, २०८०

चीनले ३४ हजार अनलाइन खाता बन्द गरेको छ । चिनियाँ प्रहरीले गएको अप्रिलमा शुरु गरेको कारबाही अभियान अन्तर्गत अफवाह फैलाएको आरोपमा अनलाइन खाता बन्द गरिएको हो । यो अभियानमा ६ हजार तीन सय जनाभन्दा धेरै व्यक्तिलाई अफवाह कसुरमा कारबाही गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।चिनियाँ इन्टरनेटलाई सत्तारुढ कम्युनिष्ट पार्टीले कडा निगरानी र नियन्त्रणमा राख्दै आएको छ । सामाजिक स्थायित्व र रक्षाका लागि सामाजिक सञ्जालमा पनि सेन्सरशिप छ ।

महामारी, सुरक्षा तथा प्रकोप जस्ता संवेदनशील विषयमा गलत जानकारी सम्प्रेषण गर्ने, अवैध र आपराधिक गतिविधिमाथि कडा निगरानी र कारबाही गरिएको एएफपीले जनाएको छ ।आउँदो वर्ष २०२४ लाई अनलाइन अफवाहविरुद्ध लड्न विशेष कार्य वर्षको रूपमा अभियान चलाउने र कारबाही प्रक्रियालाई थप बढाउने चिनियाँ प्रहरीको तयारी छ ।

सम्बन्धित खबर