२०८१ मंसिर १३, बिहिवार , ०३:०५:५५ बजे

Sajhamanch
'

यी प्रदेशमा हिमपातको सम्भावना

शनिवार, पौष ७, २०८०

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाको अनुरोध छ ।

त्यस्तै आइतबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सम्बन्धित खबर

आजको मौसम
बिहिवार, मंसिर १३, २०८१
आजको मौसम
बुधवार, मंसिर १२, २०८१
आजको मौसम
मङ्गलवार, मंसिर ११, २०८१