२०८१ माघ ५, शनिवार , १०:०८:५७ बजे

Sajhamanch
'

चीनमा फेला पर्‍यो ५३०० वर्ष पुरानो धानको बिरुवा, वैज्ञानिकहरु आश्चर्यचकित

बिहिवार, पौष ५, २०८०

पुरातत्वविदहरुले चीनमा ५, ३०० वर्ष पुरानो धानको बिरुवा पत्ता लगाएका छन् । उक्त बिरुवा जुन ठाउँमा भेटिएको छ त्यो हेमुडु संस्कृतिसँग सम्बन्धि छ ।उक्त ठाउँमा एउटा उन्नत प्राचीन सिँचाई प्रणाली तथा तल्लो यांग्जी नदी क्षेत्रका मानिसहरुको सम्बन्धको सबुत पनि फेला परेको छ ।यसलाई चिनियाँ इतिहासको सबैभन्दा ठूलो अन्वेषण मानिएको छ । निंगबो महानगरीय अनुसन्धान एकेडेमी अफ कल्चरल हेरिटेज म्यानेजमेन्टको रिपोर्ट अनुसार धान रोपिएको उक्त पूरै इलाका करिब एक हजार वर्गमिटरमा फैलिएको छ । यो खोज नवपाषाण् युगको हेमुडु संस्कृति क्षेत्रको केन्द्रमा गरिएको छ, जुन प्राचीन कालमा मानवीय गतिविधिको एउटा ठूलो स्थल थियो ।

पुरात्वविदहरुले के के फेला पारे ?

उत्खननका क्रममा पुरातत्वविदहरुले तीनवटा ढिस्का, नौवटा खाडलका साथै धान र झारका अवशेषहरु फेला पारेका छन् । उनीहरुले एक सिँचाइ तथा जल निकासी प्रणालीका साथै एउटा मार्ग पनि फेला पारे जुन धानखेतलाई छिमेकी घरसँग जोड्दथ्यो ।वैज्ञानिकहरु त्यस ठाउँमा फेला परेको सिँचाइको व्यवस्था देखेर अचम्मित भएका छन् ।

पुरातत्वविदहरुका अनुसार उक्त खोजले धानखेतीको एक प्राचीन प्रणालीको बारेमा गरेको छ जसले यस क्षेत्रका समथर इलाकाहरुमा प्रचलित प्राचीन कृषि प्रविधिका सम्बन्धमा महत्वपूर्ण जानकारी प्रदान गर्दछ ।

धानखेतिका लागि प्रसिद्ध हेमुडु संस्कृति

हेमुडु संस्कृति निंगबोको हेमुडु सहरमा विकशित भएको हो । यो एउटा प्राचीन सभ्यता थियो जुन धानखेतीको प्रगति तथा अद्धितीय रुपमा अग्ला भवनका लागि प्रसिद्ध थियो । यो संस्कृति यांग्जे नदीको तल्लो क्षेत्रमा फक्रिएको थियो ।

सन् २०२० मा चिनियाँ मिडियाहरुले चीनको झेजियांग प्रान्तको युयाओमा विश्वको सबैभन्दा पुरानो धानखेती पत्ता लगाएका थिए जुन करिब ६,३०० वर्ष पुरानो हो ।हेमुडु साइटको नजिकै शियाओ खण्डहरमा रहेको यो प्रागऐतिहासिक धान करिब ९ लाख वर्गमिटरको क्षेत्रमा फैलिएको छ,जसमध्ये ७ हजार वर्गमिटर हालै उत्खनन गरिएको हो ।

सम्बन्धित खबर