![](https://sajhamanch.com/wp-content/uploads/2023/12/1-russia_president_election_hly8KnDR16.jpg)
रुसमा राष्ट्रपतिका लागि निर्वाचन लड्न १६ जनाले उम्मेदावारी दर्ता गराएका छन् ।सरकारी आरआईए नोभोस्ती समाचार एजेन्सीले केन्द्रीय निर्वाचन आयोग (सीईसी) का अध्यक्ष एला पामफिलोभालाई उद्धृत गर्दै राष्ट्रपति निर्वाचनका लागि १६ जनाको आवेदन प्राप्त गरेको जनाएको हो।निर्वाचन नियमअनुसार मार्चमा हुने मतदानमा भाग लिनका लागि उम्मेदवारले डिसेम्बर २७ सम्म आवेदन फाइल गर्नुपर्नेछ। त्यसपछि उनीहरूले मतपत्रमा स्थान सुरक्षित गर्नका लागि समर्थकहरूबाट हजारौँ हस्ताक्षर जम्मा गर्नुपर्नेछ।
चरमपन्थीको आरोपमा मुद्दाको प्रतीक्षामा हिरासतमा रहेका तथा क्रेमलिनका आलोचक कट्टर राष्ट्रवादी इगोर गिर्किनले पुटिनलाई चुनौती दिन चाहेको बताएका छन्।कारागारमा रहेका विपक्षी नेता एलेक्सी नभाल्नीलाई जालसाजीको आरोपमा सन् २०१८ मा निर्वाचनमा उम्मेदवारी दिन रोक लगाइएको थियो। उनका सहयोगीले यसलाई राजनीतिकरूपमा प्रेरित भएको बताएका छन्।रुसमा आगामी वर्ष राष्ट्रपतीय निर्वाचन हुँदैछ। निर्वाचनमा भ्लादिमिर पुटिनलाई सजिलै पाँचौँ कार्यकाल प्राप्त हुने अनुमान गरिएको छ।