विराटनगर । मुख्यमन्त्री केदार कार्कीले कोशी सरकार मातहतका अस्पताललगायतका सरकारी कार्यालयहरुमा कार्यविधि बनाएर दोभाषे राख्ने बताएका छन् । राष्ट्रिय बहिरा महासंघ नेपाल, कोशीले मुख्यमन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाएपछि उनले उक्त प्रतिबद्धता जनाएका हुन् ।
प्रदेश सरकार मातहतका अस्पतालहरुमा राखेका दोभाषेलाई जिल्ला बहिरा संघ मातहत राखेर परिचालन गर्न माग गरेपछि मुख्यमन्त्री कार्कीले कार्यविधि बनाएर प्रदेश मातहतका सरकारी कार्यालय लगायत प्रत्येक साार्वजनिक कार्यक्रममा दोभाषे राख्ने व्यवस्था गर्ने बताएका हुन् ।
प्रतिस्थापन विधेयकमार्फत आएको बजेटमा बहिरा समुदायका लागि बजेट व्यवस्थापन गरेर मुख्यमन्त्री कार्कीले अभिभावकको भूमिका निर्वाह गरेको जनाए ।