२०८१ पौष २६, शुक्रवार , ०७:२०:४८ बजे

Sajhamanch
'

पश्चिमी वायु ‘स्ट्रङ’ हुँदा यी प्रदेशमा हुनेछ हिमपात

शनिवार, मंसिर ३०, २०८०

काठमाडौं । पश्चिमी वायु ‘स्ट्रङ’ हुँदा आज देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । केही दिन अगाडि पश्चिमी वायु कमजोर हुँदा हिमपात भएको थिएन ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । देशको तराईको थोरै स्थानमा हुस्सुरकुहिरो लागेको छ ।विभागले दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।विभागका अनुसार राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

सम्बन्धित खबर