
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनले युरोपेली संघको सदस्यता प्राप्त गर्न अझै धेरै प्रक्रिया बाँकी रहेको बताएका छन्।युक्रेनको ठूलो कृषि क्षेत्रलाई युरोपेली संघमा स्वागत गर्दा फ्रान्सका किसानमा पर्ने असरबारे सोधिएको प्रश्नको जवाफ दिँदै म्याक्रोनले तयारी गर्न अझै समय बाँकी रहेको प्रतिक्रिया दिएका हुन्।
‘हामी युक्रेनको इयुमा हुने भनिएको प्रवेशबाट धेरै टाढा छौं कुनै पनि अवस्थामा विस्तार गर्नुपर्ने भए पनि हाम्रा नियममा गहिरो सुधार आवश्यक हुनेछ र यो ठूलो कोष वृद्धिबाट मात्र सम्भव हुनेछ’, उनले भने।