
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले हमास आक्रमणमा बेपत्ता भएका विपिन जोशीलाई फिर्ता ल्याउने प्रक्रिया अन्तिम चरणमा रहेको बताएका छन्।
सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले बेपत्ता जोशीलाई फिर्ता ल्याउने प्रक्रिया अन्तिम चरणमा रहेको बताएका हुन्।
उनले भने, इजरायल र हमासमा १० जना नेपालीको ज्यान गयो १ जना बेपत्ता छन्, उनलाई फिर्ता ल्याउने अन्तिम प्रक्रियातिर बढीरहेका छौँ।