२०८१ फागुन ११, आइतवार , ०१:५९:५० बजे

Sajhamanch
'

पूर्व नेपालको अध्यक्षमा पुनः सापकोटा निर्वाचित

सोमवार, मंसिर २५, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं. २ मा मुख्य कार्यालय रहेको श्री पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः प्रेम सापकोटा निर्वाचित भएका छन् ।

संस्थाको ७औं कार्यकालका लागि अध्यक्षमा सापकोटासहित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरिएको हो । संस्थाको उपाध्यक्षमा यामबहादुर कट्टेल, सचिवमा ख्यामराज न्यौपानेसहित सञ्चालक समिति सदस्यहरु सर्वसम्मत निर्वाचित भएका निर्वाचन उपसमितिका संयोजक शुभद्रा अधिकारीले जानकारी दिइन् ।

त्यसैगरी सञ्चालक समितिको सदस्यहरुमा संकेत रेग्मी, किशोर श्रेष्ठ, मोहनकुमार श्रेष्ठ, राजनप्रसाद भट्टराई र सिताराम ढकाल निर्वाचित भएका छन् । यस्तै महिला सञ्चालक सदस्यहरुमा कमला पाण्डे, याशोदा भण्डारी र रुकमणिकुमारी राजवंशीसमेत सर्वसम्मत निर्वाचित भएका संयोजक अधिकारीले बताइन् ।

त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा गोपालप्रसाद भट्टराई तथा सदस्य चन्द्रकला ढकाल निर्विरोध निर्वाचित भएका छन् भने रिक्त रहेको एक जना सदस्य पछि थप गर्ने निर्वाचन उपसमितिका सदस्य हिमप्रसाद दाहालले जानकारी दिए ।

निर्वाचित सम्पूर्ण सदस्यलाई मंसीर २४ गते आइतवार सपथ ग्रहण गराइएको छ । संस्थाको माइन्युट प्रमाणित सभा आगामी मंसीर २७ गते हुने जनाइएको छ ।

सम्बन्धित खबर