२०८१ मंसिर १४, शुक्रवार , ११:५८:३३ बजे

Sajhamanch
'

इरानद्वारा १३ हजार अफगान आप्रवासी निष्कासित

आइतवार, मंसिर २४, २०८०

काबुल । इरानले १३ हजार २०४ जना अवैध अफगान आप्रवासीलाई निष्कासन गरेको छ ।

खोरासान रजावीका सीमा सुरक्षा कमाण्डर माजिद शोजाइले १३ हजार २०४ अवै अफगान आप्रवासीहरूलाई इरानबाट निष्कासन गरिएको बताएका छन् ।

खामा प्रेसले उल्लेख गरेअनुसार शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा शोजाईले अवैध आप्रवासीहरूलाई निष्कासन गरिनुपर्नेमा जोड दिएका छन् ।

उनले गैरकानुनी रूपमा देश प्रवेश गर्न चाहने वा गैरकानुनी रूपमा यहाँ बसिरहेका अफगान नागरिकहरूलाई पक्राउ गरी निष्कासन गरिनेु बताएका छन् ।

पछिल्ला महिनाहरूमा इरान र पाकिस्तानबाट अफगान आप्रवासीहरूलाई निष्कासन गर्ने प्रक्रियाले तीव्रता पाएको छ ।

हालै इरानका आन्तरिक मामिलामन्त्रीले चार लाख अफगानी आप्रवासीलाई देशबाट निष्कासन गरिएको घोषणा गरेका थिए ।

शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तका अनुसार इरानमा बसोबास गर्ने जनसंख्याको ६ प्रतिशत अफगानी नागरिक छन् ।

सम्बन्धित खबर