२०८१ कार्तिक ३०, शुक्रवार , ०५:००:४७ बजे

Sajhamanch
'

एनएमसी महिला सशक्तिकरण उपसमितिद्वारा हिंसा विरुद्ध सचेतना

शनिवार, मंसिर २३, २०८०

झापा । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको सन्दर्भ पारेर एनएमसी महिला सशक्तिकरण उपसमितिले जिल्लाका दुई स्थानमा सचेतनामुलक कार्यक्रम गरेको छ ।

‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’ नारा दिएर यो वर्ष मनाइएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानलाई सार्थक बनाउन महिला सशक्तिकरण उपसमितिले यस्तो कार्यक्रम गरेको हो ।

उपसमितिका संयोजक कविता पौडेलको अध्यक्षतामा मंसीर ९ गते मेचीनगर ४ बाहुनडाँगी बजारको सरस्वती माविमा र मंसीर २१ गते झापा गाउँपालिकाको झापा बजारस्थित रेडक्रस भवनमा सो सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो ।

अधिवक्ता तारा बाराकोटीले प्रमुख सहजकर्ताका रुपमा सहजीकरण गरेका ती दुवै कार्यक्रममा स्थानीय बासिन्दाहरुसहित संस्थाका सेयर सदस्यहरु एवम् विभिन्न तहको जिम्मेवारीमा रहेका महानुभावहरुको सहभागिता थियो ।

महिला सशक्तिकरण उपसमितिका सदस्य सचिव हिरन कट्टेलले सञ्चालन गरेका ती कार्यक्रमहरुमा सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटी, वरिष्ठ उपाध्यक्ष भगवती घिमिरे मैनाली, लेखा सुपरीवेक्षण समितिका संयोजक रचना दाहाललगायत अभियन्ताहरुको उपस्थितिले सहभागीहरुलाई थप उत्प्रेरणा जागेको जनाइएको छ ।

सम्बन्धित खबर