२०८१ मंसिर १२, बुधवार , ०५:११:३४ बजे

Sajhamanch
'

लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान : नारी सञ्चार गृहद्वारा विद्यार्थी जागरण

शुक्रवार, मंसिर २२, २०८०

बिर्तामोड । नारी सञ्चार गृह झापाको आयोजना र बिर्तामोड नगरपालिका वडा नं. ६ को सहयोगमा शुक्रबार लैंगिक हिंसाको अवस्था, प्रकृति र कानूनी व्यवस्था विषयक विद्यार्थी लक्षित सचेतनामूलक तालिम सम्पन्न गरिएको छ ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको सन्दर्भ पारेर किशोरावस्थाका बालबालिकालाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो । सरस्वती मावि बुट्टाबारीमा आयोजित कार्यक्रममा लैंगिक हिंसामा प्रविधिको प्रयोग, हिंसाको प्रकृति, समाजमा देखिएका हिंसाजन्य घटनाक्रम, हिंसामा पर्न सकिने संभावित जोखिम र बच्ने उपाय लगायतका विषयमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायब निरीक्षक सुवास मिश्रले सहजीकरण गरेका थिए ।

त्यसैगरी लैंङ्किक हिंसा, बाल लैङ्गिक हिंसा, बालविवाह, बलात्कार जस्ता जधन्य अपराधजन्य घटनामा दोषी उम्काउन गरिने प्रयास र पीडितले अपनाउनु पर्ने सचेतता कानूनी व्यवस्थाजस्ता विषयमा कानून व्यवसायी लक्ष्मी खनालले सहजीकरण गरेका थिए ।

बिर्तामोड नगरपालिका वडा नं. ६ का महिला वडा सदस्य गीता शर्मा रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सरस्वती मावि बुट्टाबारीका प्रधानाध्यापक दिपक लुइँटेल, वडा सदस्य जीवन बास्कोटा लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुका तर्फबाट लाक्पा डोल्मा तामाङ र अनिस श्रेष्ठले कार्यक्रम उपयोगी रहेको प्रतिक्रिया दिंदै दैनिक जीवनमा कार्यान्वयन गर्न र गराउन भूमिका खेल्ने धारणा राखेका थिए ।

संस्थाका अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष अम्बिका भण्डारीले कार्यक्रमको औचित्यमाथि प्रकास पार्दैै सुरक्षित महिनावारी दिवसको अवसरमा विद्यार्थीहरुलाई महिनावारी सम्बन्धी जानकारी गराएकी थिइन् ।

कार्यक्रम संयोजक टिका पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहसचिव जोश्ना श्रेष्ठ गरेकी थिइन् ।

सम्बन्धित खबर