२०८१ असोज ४, शुक्रवार , ०४:३०:३५ बजे

Sajhamanch
'

ज्योति गुरुङले लिएर आइन् ‘आयो तमु ल्होसार’

शुक्रवार, मंसिर २२, २०८०

झापा । गुरुङ जातिको महान चाड तमु ल्होसारको छेकपारेर ज्योति गुरुङको शब्दमा ‘आयो तमु ल्होसार’ सार्वजनिक गरिएको छ ।

बेलायतमा बसोबास गर्ने ज्योतिले नियमित गीत संगीत लेखन तथा उत्पादन गर्दै आएकी छन् । नेपालमा मात्र नभएर विश्वभर रहेका गुरुङ समुदायले हर्षोल्लाषका साथ तमु ल्होसार पर्व मनाउने गर्दछन् ।

ल्होसारको दिन बिहानदेखि नै ढोगभेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ । यही सन्दर्भ र परिवेशलाई गीतमा समावेश गरिएको छ ।

तीलकबहादुर गुरुङ र आशा गुरुङको स्वर रहेको गीतमा सिम्पल गुरुङ, रमा लिम्बू लगायतको अभिनय छ ।

तीलक गुरुङले संगीतबद्ध गरेको गीत प्रभु गुरुङले निर्देशन गरेका हुन् ।

भिडियोमा महिला कलाकारहरु गुरूङ पहिरन शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो लगाएर सजिएका छन् भने पुरुष टोपी, भोटो, भाङ्ग्रो, कछाड पटुकीमा सजिएका देखिन्छन् ।

 

सम्बन्धित खबर