
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर झुकाउने काम गरेको बताएका छन् ।
शुक्रबार पोखरामा आयोजित महाकाली–मेची अभियानअन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वर्तमान सत्ता गठबन्धन नेकपा एमालेको विरोध गर्ने काममा मात्रै लागेको आरोप लगाए ।
अध्यक्ष ओलीले एमाले पार्टी बाहेकले देश बनाउन नसक्ने जिकिर गरे । उनले गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा नरहेको बताए । अहिलेको अवस्था तोड्नलाई एमालेले मिसन ०८४ अघि सारेको स्पष्ट पारे ।
अध्यक्ष ओलीले एमाले अहिलेका समस्या समाधानका लागि जनताको आवाज सुन्न यात्रामा निस्किएको बताए ।