२०८१ मंसिर १२, बुधवार , ०८:५४:४१ बजे

Sajhamanch
'

कमल गाउँपालिका झापा : भान्सा कोठालाई औषधालय बनाउने तालिम सञ्चालन

शुक्रवार, मंसिर २२, २०८०

कमल । मानिसलाई विभिन्न प्रकारका रोग लाग्नुको कारण हाम्रो खानापान नै कारक रहेको निश्कर्षसहित सोको न्यूनीकरणका लागि झापाको कमल गाउँपालिकाले विभिन्न तालिम सञ्चालन गर्न थालेको छ ।

गाउँपालिकाले सबै गाउँबासीलाई स्वास्थ्य बनाउने उद्देश्यले प्रत्येक वडामा स्वास्थ्य जीवन प्राप्तिका लागि भान्सा कोठा औषधालय बनाउने सम्बन्धी तालिम सुरु गरेको हो ।

तालिम सञ्चालनको क्रम बिहीबार ३ नम्बर वडामा पुगेको थियो । सो तालिमको आयोजना एवम् औचित्यका बारेमा वडाध्यक्ष अग्निप्रसाद कोइरालाले भने, ‘खानपान र तनावका कारण मानिसमा धेरै रोग लाग्ने गर्दछ । खानपानको पहिलो सुरुवात भान्सा कोठाबाटै हुने भएकोले भान्सा कोठालाई कसरी औषधालय बनाउन सकिन्छ भन्ने बारेमा तालिम सञ्चालन गरिएको हो ।’

वडाका सबै टोल विकास संस्थामा आवद्ध गृहिणीलाई लक्षित गरेर तालिमको आयोजना गरिएको वडा सचिव देवीप्रसाद फुयालले जानकारी दिए । ३० जना भन्दा बढी सहभागी रहेको तालिममा केदार पोखरेलले सहजीकरण गरेका थिए ।

सम्बन्धित खबर