दक्षिणी भानुआतुमा बिहीबार ७.१ म्याग्निच्यूडको भूकम्प गएको छ।। भूकम्पका कारण सुनामीको चतावनीसमेत जारी गरिएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार ग्रिनबिच मिनटाइमअनुसार १२ः५६ मा ४८ किलोमिटर गहिराइमा इसाङ्गेल शहरबाट करिब १२३ किलोमिटर दक्षिणमा र राजधानी पोर्ट भिलाबाट ३३८ किलोमिटर टाढा भूकम्प गएको छ।प्रशान्त सुनामी चेतावनी केन्द्रले भनेको छ, ‘यो भूकम्पका खतरनाक छालहरू भानुआतु र न्यु क्यालेडोनियाको तटमा केन्द्रविन्दुको ३०० किलोमिटरभित्र आउन सक्छन्।’ भूकम्पबाट क्षतिको तत्काल कुनै समाचार आएको छैन।
तीन लाख २० हजार जनसङ्ख्या भएको तल्लो द्वीप समूह भानुआतुमा भूकम्प जानु सामान्य हो। यो भूकम्पीय रिङ अफ फायरमा फैलिएको छ। दक्षिणपूर्वी एसिया र प्रशान्त बेसिनसम्म फैलिएको रिङ अफ फायर तीव्र टेक्टोनिक गतिविधिको चाप हो।नोभेम्बरमा उत्तरी भानुआतुमा छ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको थियो। वार्षिक विश्व जोखिम प्रतिवेदनअनुसार भानुआतु भूकम्प, आँधीको क्षति, बाढी र सुनामीजस्ता प्राकृतिक प्रकोपका लागि अतिसंवेदनशील देशमध्ये एक हो।