२०८१ कार्तिक २, शुक्रवार , ०६:५८:४२ बजे

Sajhamanch
'

त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुईजना पक्राउ

शुक्रवार, मंसिर २२, २०८०

काठमाडौं । त्रिभुवन विमानस्थलबाट करिब १४ किलो सुनसहित दुईजना पक्राउ परेका छन्।एक नेपाली र एक चिनिया मूलका भारतीय नागरिक सुनसहित विमानस्थलबाट पक्राउ परेका हुन्।फ्लाई दुबईको विमानबाट गएराति काठमाडौं आएका उनीहरूलाई विमानस्थल भन्सार र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो। सुनको यकिन परिमाण र विस्तृत विषय अनुसन्धान भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।

सम्बन्धित खबर