२०८१ असोज ४, शुक्रवार , ०२:०४:४८ बजे

Sajhamanch
'

युद्धविराम सकिएसँगै इजरायलले थाल्यो गाजामा आक्रमण

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । इजरायली सेनाले युद्धविराम सकिएसँगै गाजामा आक्रमण थालेको बताएको छ ।

कतार, इजिप्ट, संयुक्त राज्य अमेरिकालगायत अन्तर्राष्ट्रिय मध्यस्थकर्ताको संलग्नतामा भएको सम्झौताअनुसार दुवै पक्षबीच सात दिनका लागि युद्ध रोकिएको थियो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायललाई आफ्नो आक्रमणका क्रममा सर्वसाधरणको हताहती कम गर्न आग्रह गरेका छन् ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमण इजरायलमा १२०० मानिसको मृत्यु भएको थियो । त्यसपछि इजरायलले गाजामा आक्रमण थालेको थियो । हालसम्म गाजामा १५ हजारभन्दा बढीको ज्यान गइसकेको बताइएको छ ।

हमासले २४० नागरिकलाई बन्धक बनाएको बताइएको छ । त्यसमध्ये ११० बन्धकलाई ७ दिनको युद्धविरामको अवधिमा रिहा गरिएका छन् । इजरायलले २४० प्यालेस्टाइनी नागरिक रिहा गरेको छ ।

सम्बन्धित खबर