काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमाससित युद्धविरामको सातौँ दिन बिहीबार गाजाबाट थप आठ इजरायली बन्धक मुक्त गरिएको छ ।
इजरायलले पनि थप ३० प्यालेस्टाइनी बन्दीलाई जेलबाट रिहा गरेको जनाएको छ । युद्धविराम लम्ब्याउनेबारे वार्ता जारी रहेको बीबीसीले उल्लेख गरेको छ ।
अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणमा एक हजार २०० जनाको मृत्यु भएको थियो । २४० जनालाई बन्धक बनाइएको थियो ।
त्यसयता गाजामा इजरायलको आक्रमणमा करिब ६ हजार बालबालिकासहित १४ हजार ८०० भन्दा बढी मानिस मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।