
हमासले बन्दी बनाएको भनिएका तीन सैनिक अक्टोबर ७ मा भएको आक्रमणमा मारिएको पुष्टि भएको छ।इजरायली रक्षा बल (आईडीएफ)उनीहरूको शव हमासले गाजा लगेको बताएको छ।आईडीएफका प्रमुख रब्बीले यहूदी कानूनअनुसार उनीहरूको मृत्यु भएको पर्याप्त प्रमाण रहेको निष्कर्ष निकालेका हुन्।पहिलो सार्जेन्ट टोमेर याकोभ अहिमास, सार्जेन्ट किरिल ब्रोडस्की र सार्जेन्ट शाकद दहनलाई आधिकारिक रूपमा मृत घोषित गरिएको हो।