२०८१ माघ २३, बुधवार , ०२:४२:५९ बजे

Sajhamanch
'

एमालेको ‘मध्यपहाडी लोकमार्ग अभियान’ आजदेखि, ओलीले झुलाघाटबाट उद्घाटन गर्दै

बिहिवार, मंसिर १४, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आजदेखि ‘मध्यपहाडी लोकमार्ग अभियान’ चलाउने भएको छ । तीन हप्ता लामो मध्यपहाडी लोकमार्ग अभियानको सुरुआत एमालेले आज गर्दै छ ।बिहान ८ः३० बजे झुलाघाटबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्ने एमालेले जनाएको छ ।

एक हजार ८७९ किलोमिटर लामो लोकमार्गको यात्राको अध्यक्ष ओलीले झुलाघाटमा झण्डोत्तलन गरेपछि अभियानको सुरुआत हुनेछ ।पहिलो दिनको सभा बैतडीको गोठालापानीमा गर्ने तय भएको छ । दोस्रो दिनको सभा सिलगढी, तेस्रो दिनको सभा मंगलसेनमा हुने एमालेले जनाएको छ ।एक हजार ८७९ किलोमिटर यात्रा गर्न लागेको एमालेको यस्तो छ ‘रुट म्याप’

अभियान पाँचथरको चिवाभज्याङमा समापन हुनेछ । एमाले पुस २ गते काठमाडौं फर्कनेछ भने पुस ५ गते यात्रा सकिएको घोषणा गर्ने तयारी गरेको छ ।राष्ट्रिय एकताको आधार निर्माण गर्न अभियान चलाउनु परेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । पहाड समृद्ध नभई मुलुक समृद्ध नहुने भएकाले अभियान चलाउन थालिएको उनको भनाइ छ । “निराशाको खेती मौलाइरहेको छ । भइरहेका कामको उजागर गरेर राम्रो सन्देश दिने उद्देश्य छ,” उनले भनेका छन् ।

सम्बन्धित खबर