२०८१ माघ २३, बुधवार , ०५:३०:५८ बजे

Sajhamanch
'

यी प्रदेशमा दिउँसो सामान्य वर्षा, राति हल्का हिमपात

बुधवार, मंसिर १३, २०८०

काठमाडौं । कोशी प्रदेशलगायत पहाडी भूभागको मौसम आंशिकदेखि बदली रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। महाशाखाका अनुसार आज राति गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

सम्बन्धित खबर