२०८१ माघ १४, सोमवार , ०७:२७:०७ बजे

Sajhamanch
'

वर्षा र हिमपातको सम्भावना

मङ्गलवार, मंसिर १२, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।नेपालमा हाल पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको विभागले जनाएको छ ।यसैबीच, हिजो काठमाडौंको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस रहेको थियो । हिजो यो वर्षकै हालसम्मको न्यून तापक्रम हो ।

सम्बन्धित खबर

आजको मौसम
आइतवार, माघ १३, २०८१
मधेस र कोसीमा मन्द शीतलहर
शनिवार, माघ १२, २०८१