२०८१ कार्तिक ३०, शुक्रवार , ०५:००:५० बजे

Sajhamanch
'

एनएमसीको इकाइगत साधारणहरु सम्पन्न

शुक्रवार, मंसिर ८, २०८०

केर्खा (कमल) । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) को ३१औं वार्षिक साधारण सभा अन्तरगत अन्तिम इकाइगत साधारणसभा आज सम्पन्न भएको छ ।

संस्थाको कनकाई रतुवा क्षेत्र (ख) अन्तर्गतका सेवा केन्द्रहरु केर्खा, पाडाजुँगी, डुँडामारी, गौरादह, बैगुनधुरा, ग्वालडुब्बा, गौरीगंज, दमक, फाल्गुनन्द र चुलाचुली गरी १० वटा सेवा केन्द्रमा आज एउटै कार्यसूचिमा एकैसाथ उपइकाइगत साधारण सभा सम्पन्न भएको हो ।

केर्खा सेवा केन्द्रको उपइकाइगत साधारण सभाका प्रमुख अतिथि कमल गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष अग्निप्रसाद कोइरालाले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

साधारण सभामा संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक रचना दाहालले सञ्चालक समितिको तर्फबाट तयार गरिएको वार्षिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष कोइरालाले पछिल्लो समय वित्तीय कारोबार गर्ने संस्थाहरु धाराशायी बन्दै गएका बेला एनएमसी मुलुककै दोस्रो स्थानमा अबब्ल सावित गरेकोमा बधाई ज्ञापन गरेका थिए ।

उक्त साधारणसभामा संस्थाको वार्षिक नीति तथा कार्यक्रम, बजेट र लेखा परीक्षण प्रतिवेदन चिया व्यवसाय प्रमुख रविन्द्र पाण्डेले प्रस्तुत गरेका थिए ।

संस्थाको केर्खा सेवा केन्द्रका संयोजक लोकनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रममा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई सेवा केन्द्र उपसमिति सदस्य शान्ता उप्रेती दाहालले शाब्दिक स्वगत गरेकी थिईन् ।

कार्यक्रमको सञ्चालन केर्खा सेवा केन्द्र प्रमुख नविन पोख्रेलले गरेका थिए ।

यस्तै कमल गाउँपालिका अन्तरगतकै पाडाजुँगीमा रहेको अर्को सेवा केन्द्रमा आयोजित उपएकाइगत साधारणसभाको गाउँपालिका उपाध्यक्ष प्रमिला तिवारी न्यौपानेले गरेकी थिइन् ।
सो उपएकाइगत साधारणसभामा संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

मंसीर २ गते मेची क्षेत्रबाट सुरु भएको इकाइगत साधारणसभा आज ८ गते सम्पन्न भएको हो । अब मंसीर १६ गते अन्तिम माइन्युट प्रमाणित सभा आयोजना गरिनेछ ।

सम्बन्धित खबर