काठमाडौं । दक्षिणी लेबनानको टायर हार्फा गाउँमा इजरायली आक्रमणमा परी दुई पत्रकार र नागरिकको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीय टेलिभिजन च्यानल अल–मायादीनका रिपोर्टर फराह ओमार र सोही च्यानलमा काम गर्ने फोटोग्राफर रबिह अल–मामारी दक्षिणी लेबनानमा घटना ‘कभर’ गर्दै गर्दा मारिएको पुष्टि गरिएको हो । दुई इजरायली ड्रोनले उनीहरूमाथि आक्रमण गरेको बताइएको छ ।
यसैबीच, दक्षिणी गाउँ काफ्र किलास्थित घरमा इजरायली तोपको गोली लागेर ८० वर्षीया लाइका सरहानको मृत्यु भएको छ । उनकी नातिनी घाइते भएकी छन् ।