![](https://sajhamanch.com/wp-content/uploads/2023/11/IMG_7058.jpeg)
बिर्तामोड । बिर्तामोड नगर क्षेत्रका विद्यालय मंगलवार बन्द भएका छन् । नगर प्याव्सनको आह्वानमा बिर्तामोडका अधिकांश निजी विद्यालय बन्द भएका हुन् ।
टावर टेम्पल अंग्रेजी माविका संस्थापक नरेशमान धिमालको निधनप्रति दुःख व्यक्त गर्दै नगर प्याव्सनले एक दिनका लागि विद्यालय बन्द गरेको हो । ६५ वर्षीय धिमालको कात्तिक २९ गते बुधवार हृदयघातका कारण निधन भएको थियो ।
प्याव्सनका नगर कोषाध्यक्ष समेत रहेका धिमालको निधनप्रति न्यूटन्स एजुकेशन एकाडेमीले दुःख व्यक्त गरेको छ । न्यूटन्सका प्रिन्सिपल देबेन्द्र हुमागाईंले शोक वक्तव्य जारी गरी धिमालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।
धिमालको निधनले विद्यालय परिवार स्तब्ध भएको जनाउँदै प्रिन्सिपल हुमागाईंले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना पनि व्यक्त गरेका छन् ।
मंगलवार दिउँसो धिमालप्रति श्रद्धाञ्जलि व्यक्त गर्न बिर्तामोडका निजी विद्यालय सञ्चालक टावर टेम्पल जाने कार्यक्रम रहेको छ।