२०८१ पौष २६, शुक्रवार , ०१:३८:२६ बजे

Sajhamanch
'

आंशिक बदलीदेखि हिमपातसम्म

मङ्गलवार, मंसिर ५, २०८०

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका केही भू–भागमा आंशिक बदली हुनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।हिमपातको सम्भावना रहेकाले चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । चिसो बढ्ने क्रममा रहेकाले सतर्क हुनु पर्ने विभागको भनाइ छ ।आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।राति लुम्बिनी प्रदेशलगायत कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । विभागले कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ ।

सम्बन्धित खबर