२०८१ पौष २६, शुक्रवार , ०१:१४:५४ बजे

Sajhamanch
'

तीनवटा प्रदेशका उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

सोमवार, मंसिर ४, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको हो ।पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।विभागका अनुसार आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सम्बन्धित खबर