
सियोल । दक्षिण कोरियाको एउटा अस्पतालमा शनिबार आगलागी हुँदा ३८ जना घाइते भएका छन् ।
योनहाप समाचार एजेन्सीले जनाएअनुसार राजधानी सियोलबाट करिब २०० किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित ६ तले अस्पतालमा स्थानीय समयानुसार शनिबार बिहान ८ः१० बजे आगलागी भएको थियो ।
बिरामीहरूसहित लगभग ९० उद्धारकर्तामध्ये १४ जनालाई श्वासप्रश्वासमा जटिलता देखिएको छ । सामान्य चोटपटक लागेको छ । करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
घटनाको कारणबारे अनुसन्धान गरिँदै छ ।