२०८२ वैशाख १२, शुक्रवार , ११:४८:३७ बजे

Sajhamanch
'

जापानविरुद्ध नेपाल ६७ रनले विजयी

शनिवार, मंसिर २, २०८०

काठमाडौँ । चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गरेको छ ।

पहिलो र दोस्रो खेलमा पराजित नेपालको यो सान्त्वना जित हो । नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् ।

११४ रनको लक्ष्य पछ्याएको जापानले २० ओभर खेल्दै १० विकेट गुमाएर ४६ रनमात्रै बनाएप५ि नेपाल ६७ रनले विजयी भएको हो ।

जापानकी मेग गावाले १७ र सेइक सुमीले १३ रन बनाउनुबाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

सम्बन्धित खबर