२०८१ मंसिर १२, बुधवार , ०४:०५:०८ बजे

Sajhamanch
'

सभामुख घिमिरे झापामा तीन दिन रहनेः यस्तो छ कार्यक्रमहरुको सूचि

शुक्रवार, मंसिर १, २०८०

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे आफ्नो निर्वाचन क्षे लगायतका विभिन्न कार्यक्रममा सहभागी हुन मंसीर ३ गते झापा आउने कार्यक्रम तय भएको छ ।

सभामुख घिमिरेका स्वकिय सचिव तेजप्रकाश भट्टराईले पठाएको कार्यतालिका अनुसार आइतबार झापा आउने सभामुख घिमिरेले बिर्तामोड, अर्जुनधारा, कनकाई र बुद्धशान्तिका २६० ज्येष्ठ नागरिकलाई सम्मान गर्दै लौरो वितरण गर्ने कार्यक्रम रहेको छ ।

झापा आएको पहिलो दिन बिर्तामोड र कनकाई नगरपालिका क्षेत्रका जेष्ठ नागरिकहरुलाई लौरो वितरणसहित सम्मान गर्ने र विरिङ पूल पूर्वी किनारमा आयोजित छठ पर्व कार्यक्रमको समुद्घाटन गर्ने कार्यसूचि रहेको भट्टराईले जानकारी दिए ।

यस्तै दोस्रो दिन सभामुखको उपस्थितिमा चन्द्रमार्ग बिर्तामोड वडा नं. ३, ४ र ९ मर्मत कार्यक्रमको सुरुवात गर्ने, अर्जुनधारामा ११० जना ज्येष्ठ नागरिकहरुलाई लौरो वितरणसहित सम्मान र नगरको आवधिक योजना हस्तान्तरण गर्ने कार्यक्रम छ ।

दोस्रो दिनको अन्तिम कार्यक्रम बुद्धशान्तिका ३० जना जेष्ठ नागरिकहरुलाई लौरो वितरण तथा सम्मान गर्ने कार्यक्रम छ ।

तेस्रो दिन सुकुम्वासी–अव्यवस्थित बसोबासीले उपयोग गरेको जग्गा र सेनाले उपयोग गरेका जग्गामा परेको दोहोरोपनाका विषयमा प्रभावितहरुसँग सभामुखले साक्षात्कार गर्ने, सिस्नेबाट जयपुर हुँदै जयपुर शनिश्चरे बजार पक्की सडक अवलोकन गर्ने, अर्जुनधारा र मेचीनगर नगरपालिका बीच सभामुखको उपस्थितिमा छलफल गर्ने कार्यसूचि बनाइएको उल्लेख छ ।

सम्बन्धित खबर