
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलको दोस्रो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्ध खराब प्रदर्शन गरेको छ ।
भारतको इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङमा आएको दक्षिण अफ्रिकाले २३ ओभर सकिँदा चार विकेट गुमाएर ७१ रन मात्र बनाएको छ ।
दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमा शून्यमै आउट भए । क्विन्टन डिकक पनि तीन रनमात्र बनाएर पवेलियन फर्किए । एडेन मार्करम १० तथा रासी भान डेर पनि ६ रनमा आउट भए ।
आजको खेलबाट विजेता हुने टिमले फाइनलमा भारतको सामना गर्ने छ ।