२०८१ मंसिर १७, सोमवार , ०१:०५:५२ बजे

Sajhamanch
'

पञ्जाबमा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु

सोमवार, कार्तिक २७, २०८०

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको फैसलाबाद जिल्लामा आइतबार बस र कार एक आपसमा ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। सो घटनामा अन्य आठ जना घाइते भएको पनि उद्धार सेवाले जनाएको छ।यात्रुवाहक बसले लिंक रोडबाट आएको कारलाई ठक्कर दिँदा खुर्रियावाला सडकमा दुर्घटना भएको उद्धार सेवाले जनाएको छ।

ठोक्किएपछि बसले सडकको डिभाइडर पार गरेर सडकको अर्को छेउमा रहेको ट्याक्टरको ट्रलीलाई ठक्कर दिएको थियो। त्यसपछि सडकको छेउमा रहेको होटलमा ठोक्किएर कारमा सवार चारजना र बस चालकको घटनास्थलमै मृत्यु भएको बताइएको छ।दुर्घटनालगत्तै घाइते पाँचजना यात्रुलाई अस्पताल लगिएको छ। दुर्घटनाग्रस्त बस पञ्जाबको प्रान्तीय राजधानी लाहोरबाट उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको कोहिस्तान जिल्ला जाँदै थियो।एजेन्सी

सम्बन्धित खबर