२०८२ वैशाख २९, सोमवार , ०३:५५:०८ बजे

Sajhamanch
'

यी प्रदेशमा आज वर्षा र हिमपात

शुक्रवार, कार्तिक २४, २०८०

काठमाडौं । अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति देशको सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। राति पनि देशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित खबर

यस्तो रहनेछ आजको मौसम
सोमवार, वैशाख २९, २०८२