२०८२ मंसिर २७ शनिवार , ०७:५३:३४ बजे

Sajhamanch
'

काठमाडौंको तापक्रम घट्दै, चिसोबाट बच्न सतर्क रहन आग्रह

सोमवार, कार्तिक २०, २०८०

काठमाडौं । तापक्रम घट्ने क्रममा रहेकाले सर्तक रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्नका लागि सतर्क रहन विभागको आग्रह छ।

“चिसो बढ्दै जाने क्रममा रहेकाले क्रमशः तापक्रम घट्दै जान्छ, त्यसैले यसबाट बच्न सतर्क रहनु पर्ने देखिन्छ,” मौसमविद् राजु प्रधानाङ बाह्रखरीसँग भन्छन्, “आज बिहान काठमाडौंको तापक्रम १२ डिग्री सेल्सियस रहेको छ । तुलनात्मक रुपमा हिजोभन्दा आज तापक्रम केही बढे पनि अब क्रमशः तापक्रम घट्दै जान्छ ।”

आइतबार (हिजो) काठमाडौंको तापक्रम १०.८ डिग्री सेल्सियस थियो ।

यो वर्ष हालसम्म सबैभन्दा कम काठमाडौंको तापक्रम १० डिग्री सेल्सियससम्म पुगेको छ । अक्टुबर २२, २३ र २४ मा काठमाडौंको तापक्रम १० डिग्री सेल्सियस थियो । त्यसयता भने काठमाडौंको तापक्रम १० डिग्री सेल्सियसभन्दा माथि नै छ ।

नेपालमा अहिले पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जसका कारण केही भू–भागमा वर्षा र हिमपात भइरहेको छ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात भइरहेको छ ।

सोमवार, कार्तिक २०, २०८० | Weather, मिडियाबाट साभार, समाज

सम्बन्धित खबर

यस्तो छ आजको मौसम
शुक्रवार, मंसिर २६, २०८२
आज यस्तो रहनेछ मौसम
बिहिवार, मंसिर २५, २०८२
यस्तो रहनेछ आजको मौसम
बुधवार, मंसिर २४, २०८२