
काठमाडौं । सुपर ओभरमा घरेलु टिम नेपाललाई हराउँदै ओमानले आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको उपाधि जितेको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुपर ओभरमा ओमानले दिएको २२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १० रनमात्र बनाउन सक्यो ।
सुपर ओभरमा पहिले ब्याटिङमा आएको ओमानले २१ रनको योगफल खडा गरेको थियो ।