२०८२ जेठ ५, आइतवार , ०६:५०:४० बजे

Sajhamanch
'

जाजरकोट भूकम्प : मृतकको संख्या १२९ पुग्यो

शनिवार, कार्तिक १८, २०८०

काठमाडौं । जाजरकोटमा गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२९ पुगेको छ ।

जाजरकोट र रुकुम (पश्चिम)मा गरी १२९ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जाजरकोटमा ९२ र रुकुम (पश्चिम)मा ३७ जनाको मृत्यु भएको हो ।

जाजरकोटमा ७० र रुकुम (पश्चिम)मा ८५ र रोल्पामा एकजना घाइते भएका छन् । उद्धारकार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।

बारेकोट गाउँपालिका १, रामीडाँडा केन्द्र विन्दु बनाई ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सम्बन्धित खबर