२०८१ फागुन १, बिहिवार , ०५:५६:३९ बजे

Sajhamanch
'

भूकम्प प्रभावितको उद्धार र उपचारमा खटौँ : ओली

शनिवार, कार्तिक १८, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरूको उद्धार र उपचारमा खट्न सबैलाई आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत उद्धारमा खटिन अध्यक्ष ओलीले आग्रह गरेका छन्। ‘भूकम्प रातको समयमा गएकाले उद्धार प्रभावकारी हुन सकेको छैन होला। यतिवेला त्यहाँ उद्धार गर्ने र घाइतेको उपचारमा तत्काल लाग्ने स्वास्थ्यकर्मीको धेरै खाँचो छ। सबै साथीउद्धारमा खटौँ’, उनले लेखेका छन्, ‘भूकम्प प्रभावित क्षेत्रभन्दा बाहिरकाले सहयोग पुर्‍याउने र त्यहाँकाले धैर्य र सावधानी राख्नुपर्ने समय हो।’गएराति जाजरकोट केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

सम्बन्धित खबर