२०८१ पौष २८, आइतवार , ०३:४१:०१ बजे

Sajhamanch
'

आँधीले बेलायतमा ठूलो मात्रामा विद्युत् कटौती, विद्यालय बन्द

शुक्रवार, कार्तिक १७, २०८०

काठमाडौं । बेलायतको दक्षिणी भागमा बिहीबार हजारौँ घरहरू बिजुलीविहीन भएका छन् । तुफान सियारनका कारण हजारौँ विद्यालयहरू बन्द भएका छन् ।

डेभन र कर्नवाल, ससेक्स, सरे र च्यानल टापुहरूमा तीव्र हावा र भारी वर्षाले विद्युत् आपूर्ति प्रभावित भएको बताइएको छ ।

आँधीका कारण ज्यान गुमाउन सक्ने चेतावनी दिइएपछि दक्षिणी इंग्ल्यान्डका ३०० भन्दा बढी विद्यालय बन्द गरिएको छ । आज पनि केही विद्यालयहरू बन्द रहने बताइएको छ ।

जर्सीका करिब ४० जनालाई उनीहरूका घरहरू क्षतिग्रस्त भएपछि स्थानान्तरण गरिएको थियो । हावाको गति टापुमा १०४ माइल प्रतिघण्टा (लगभग १६७ किलोमिटर प्रतिघण्टा)मा पुगेको थियो ।

सरकारले आँधी नरोकिएसम्म स्थानीलाई घरभित्रै रहन आग्रह गरेको छ ।

शुक्रवार, कार्तिक १७, २०८० | International, मिडियाबाट साभार

सम्बन्धित खबर