
काठमाडौं । भारतको बेरोजगारी दर दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ । सेन्टर फर मोनिटरिङ इन्डियन इकोनोमीले जारी गरेको पछिल्लो तथ्यांकानुसार भारतको बेरोजगारी दर दुई वर्षयताकै उच्च विन्दुमा पुगेको देखिएको हो ।
भारतमा समग्र बेरोजगारी दर अक्टोबरमा बढेर १०.०५ प्रतिशत पुगेको छ । सेप्टेम्बरमा ७.०९ प्रतिशतको तुलनामा यो उल्लेख्य वृद्धि हो । यो सन् २०२१ को मेयताकै उच्चस्तर हो ।
ग्रामीण क्षेत्र यसबाट बढी प्रभावित भएका छन् । अक्टोबरमा ग्रामीण बेरोजगारी दर १०.८२ प्रतिशत पुगेको छ । पाँच वर्षमा कमजोर मनसुन वर्षा हुनु बेरोजगारीको एउटा प्रमुख कारण रहेको बताइएको छ । जसले कृषि उत्पादनमा कमी ल्याएको छ ।