२०८१ माघ ९, बुधवार , ०३:२१:०५ बजे

Sajhamanch
'

विपीनको खोजीमा कुनै कसर बाँकी नराख्ने इजरायली राष्ट्रपतिको प्रतिबद्धता

शुक्रवार, कार्तिक १७, २०८०

काठमाडौं । हमासको आक्रमणमा इजरायलमा बेपत्ता भएका नेपाली विद्यार्थी विपीन जोशीको खोजी गर्ने इजरायलका राष्ट्रपति इसाक हर्जोगले बताएका छन् ।

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले विपीनको खोजीका लागि गरेको आग्रहमा राष्ट्रपति हर्जोगले जोशीको खोजीमा कुनै कसर बाँकी नराख्ने बताएका हुन् ।

राष्ट्रपति निवासमा करिब एक घण्टासम्म चलेको भेटमा राजदूत रिजालले विपीनको खोजीका लागि इजरायलबाट नेपालले अझै सार्थक प्रयासको अपेक्षा गरेको बताएकी थिइन् ।

जवाफमा राष्ट्रपति हर्जोगले घाइतेहरूको उपचारको व्यवस्था इजरायल सरकारले गर्ने र हराइरहेका विपीनको खोजीमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका थिए ।

भेटमा राष्ट्रपति हर्जोगले हमासको आक्रमणका कारण इजरायल बाध्यतावश युद्धमा जानु परेको बताएका थिए ।

हर्जोगले हमासको आक्रमणमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीप्रति श्रद्धान्जली दिँदै शोकाकुल परिवारजनमा समबेदना व्यक्त गरेका थिए ।

सम्बन्धित खबर