२०८२ जेठ ५, आइतवार , ०९:३०:२५ बजे

Sajhamanch
'

इलामको उपनिर्वाचन वैशाखमा, राष्ट्रियसभा निर्वाचन माघमा !

बुधवार, कार्तिक १५, २०८०

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वैशाखमा उपनिर्वाचन गर्ने परामर्श आयोगले सरकारलाई दिएको बताएका छन् ।

राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै उनले उपनिर्वाचन वैशाखमा गर्दा उपयुक्त हुने परामर्श दिइएको बताए । हाल इलाम क्षेत्र नम्बर २ मा नेकपा (एमाले) सांसद सुवास नेम्वाङको निधनपश्चात् स्थान रिक्त छ ।

यस्तै, राष्ट्रियसभा निर्वाचन पनि माघको १०, ११ र १२ मध्ये एक दिन गर्ने तयारीमा निर्वाचन अयोाग रहेको उनले बताए । “माघ १०, ११ र १२ मध्ये एक दिन गर्छौँ,” समिति बैठकमा उनले भने ।

राष्ट्रियसभामा फागुन २१ बाट १९ जनाको पद रिक्त हुँदैछ ।

सम्बन्धित खबर