
काठमाडौं । भारत सरकारले प्याजमा प्रतिटन ८०० अमेरिकी डलरको न्यूनतम निर्यात मूल्य तोकेको छ । स्वदेशी बजारमा प्याजको उपलब्धता कायम राख्न यो कदम चालिएको हो ।
यो नियम गएको आइतबारदेखि आउँदो डिसेम्बर ३१ सम्म लागु हुने संघीय उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयले जनाएको छ ।
भारतमा विगत दुई हप्तामा प्याजको मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको जनाइएको छ ।